एसटी संरक्षण सूचीबाट परिवर्तित जनजातिलाई हटाउने जनजाति सुरक्षा मञ्चको माग

सिलगढी : जनजाति सुरक्षा मञ्चले एसटी संरक्षण सूचीबाट परिवर्तित जनजातिहरूलाई हटाउने मागमा आवाज उठाएको छ। आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संगठनको तर्फबाट एकातिर एसटीको संरक्षणको कारण यस जनजातिका मानिसहरूले सबै प्रकारको लाभ उठाइरहेका छन् भने अर्कोतिर परिवर्तित भएपछि अल्पसंख्यकमा सूचीबद्ध भएर त्यहाँबाट पनि लाभान्वित भइरहेको छ। यसको फलस्वरूप मूल जनजातिहरू धेरैवटा सुविधाबाट वञ्चित भइरहेकोले गर्दा नै जनजाति सुरक्षा मञ्चले यसको तीव्र निन्दा गरेको छ। राज्य सरकारले पनि यस मामिलालाई गम्भीरताको साथमा ध्यान दिने तिनीहरूले अपील गरेका छन्। यसबाहेक देशका राष्ट्रपति तथा प्रधानमन्त्रीलाई संगठनको तर्फबाट चाँडै उक्त अन्याय रोक्नेबारे आवेदन चढाउने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *