शुभेन्दु अधिकारीले गरे कुचबिहारमा दुईवटा जनसभालाई सम्बोधन

कुचबिहार : नन्दीग्राम आसनका भाजपा प्रार्थी शुभेन्दु अधिकारीले आज कुचबिहार जिल्लामा भाजपा प्रार्थीहरूको समर्थनमा आयोजना गरेको दुईवटा जनसभामा अंश ग्रहण गरे। तिनी आज पहिला कुचबिहारको माथाभाङ्गाको निशीगञ्ज सिटकीबारीमा माथाभाङ्गा विधानसभाका भाजपा प्रार्थी सुशील बर्मनको समर्थनमा आयोजना गरेको सभामा अंश ग्रहण गरे। उक्त सभालाई सम्बोधन गर्दै तिनले भाजपाको घोषणा पत्रमा उल्लेखित विभिन्न विषयमा जानकारी गराउँदै तृणमूल कङ्ग्रेसको खोइरो खने।


यसपछि तिनले दिनहाटा सङ्गती मैदानमा दिनहाटा विधानसभा आसनका भाजपा प्रार्थी निशिथ प्रामाणिक र सिताई विधानसभाका भाजपा प्रार्थी दीपक कुमार रायको समर्थनमा आयोजित जनसभालाई पनि सम्बोधन गरे उक्त जनसभामा तृणमूल छोडेर भाजपामा सामेल भएका कुचबिहार नगरपालिकाका प्रशासक भूषण सिंहले शुभेन्दु अधिकारीको बाहुलीबाट भाजपाको झण्डा ग्रहण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *