सुबास घिसिङको जन्मदिन विधायक निरज जिम्बाले मनाए दार्जिलिङको शिशु भवन वृद्ध आश्रममा

दार्जिलिङ: गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङको 86औं जन्म जयन्तीको अवसरमा आज विधायक निरज जिम्बाले दार्जिलिङको शिशु भवन वृद्ध आश्रममा पुगेर वृद्धहरुसित सुबास घिसिङको जन्मजयन्ती मनाए। विधायक निरज जिम्बाले सुबास घिसिङलाई स्मरण गर्दै केक् काटेर शिशु भवनको निम्ति आवश्यक खाद्य सामाग्री, सर्जिकल मास्क, अक्सिमिटर, थर्मोमिटर, बृद्धहरुको निम्ति लुगाफाटा साथै शिशु भवनलाई आर्थिक सहयोग समेत प्रदान गरे।


शिशु भवनका सेविकाले सुबास घिसिङको जन्म जयन्तीको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै विधायक निरज जिम्बालाई ईश्वरले आशिर्वाद दिउन भनी कामना गर्दै तिनी प्रति धन्यवाद अनि आभार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *