सुवास घिसिङ मार्गमा पुन: रोहिणी रोड भनेर बोर्ड लगाएकोमा गोरामुमोको आपत्ति

खरसाङ : रोहिणी रोडलाई पहिलेबाटै राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले आधिकारिक रुपमा सुवास घिसिङ मार्ग भनेर नामकरण गरिए पनि हालमा रोहिणी रोडको जीरो पोइन्टमा रोहिणी रोड भनेर लेखेकोमा गोरामुमो खरसाङ टाउन कमिटीले विरोध जनाएको छ । आज गोरामुमो खरसाङ टाउन कमिटीको सांगठनिक सभामा राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले नै गत 7 फरवरी 2018 मा आफै उपस्थित भएर रोहिणी रोडलाई सुवास घिसिङ मार्ग भनेर आधिकारिक रुपमा घोषणा गरिएको थियो तर खेदको कुरो केही समय अघिदेखि रोड मरमत्तिको कार्यमा खरसाङ पस्ने द्वारमा (जिरो पोइन्ट)मा फेरि रोहिणी रोड लेखेको बोर्ड लगाएर बिजुली जडा़न गरिएको कार्यमा विरोध गरेका छन्। सरकारी तौरमा नै घोषणा गरिएको कुरालाई कसले, किन फेरि परिवर्तन गरेको भनी प्रश्न गर्दै गोरामुमो खरसाङ टाउन कमिटिको तर्फबाट घोर विरोध जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *