शुभेन्दु अधिकारीले तृणमूल कांग्रेसको सबै पदबाट दिए राजीनामा

शुभेन्दु अधिकारीले तृणमूल कांग्रेसको सदस्य पद त्याग गरेका छन्। स्मरण रहोस्, शुभेन्दु अधिकारीले हिजो तृणमूल कांग्रेसको विधायक पदबाट राजीनामा दिएका थिए भने आज तिनले तृणमूल कांग्रेसको सदस्य पद छोड्नेबारे मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा पत्राचार गरेका छन्।


तिनले तृणमूलको प्राथमिक सदस्य पद लगायत सबै पदबाट राजीनामा दिएकोबारे जनाउँदै चाँडै पार्टीको सबै जिम्मेवारीबाट तिनलाई मुक्त गरिदिने उक्त पत्रमा उल्लेख गरेका छन्। स्मरण रहोस्, गत 27 नोभेम्बरमा शुभेन्दु अधिकारीले राज्य मन्त्री सभा लगायत अन्य केही पदहरूबाट राजीनामा दिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *