सुबिरेश भट्टाचार्यलाई पक्राउ गरेपछि भाजपा-द्वारा उत्तरबंग विश्वविद्यालयको गेट अघि विक्षोभ प्रदर्शन

सिलगढी : एसएससी नियुक्ति घोटालाको मामिलामा उत्तरबंग विश्वविद्यालयका उप-कुलपति तथा एसएससी-का पूर्व चेयरम्यान सुबिरेश भट्टाचार्यलाई पक्राउ गरेपछि आज भाजपा-द्वारा उत्तरबंग विश्वविद्यालयको गेट अघि विक्षोभ प्रदर्शन गरियो। उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिलाई पक्राउ गरेपछि त्यहीँ राति उत्तरबंग विश्वविद्यालयमा कतिपय आवश्यक कागज-पत्र जलाएको विषयलाई लिएर आज भाजपा नेता तथा कार्यकर्ताहरूले आवाज उठाउँदै चाँडै उप-कुलपतिले पद त्याग गर्नुपर्ने माग गर्नको साथै विक्षोभ प्रदर्शन गरे। यस सम्बन्धमा भाजपा युवा मोर्चाका सभापति अरिजीत दासले भने, उत्तबंग विकासमा बारम्बार वञ्चित भइरहेको साथै भ्रष्ट मानिसहरूलाई मात्र उत्तर बंगालमा पठाइरहेको छ। कतिपय आवश्यक कागज-पत्र जलाउने उत्तरबंग विश्वविद्यालयका कर्मचारीहरूलाई पनि चाँडै पक्राउ गरिनुपर्ने तिनले माग गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.