सूचना अनि सांस्कृतिक विभाग खरसाङद्वारा लता मंगेशकरको निधनमा श्रद्धाञ्जलि सभा

खरसाङ : सूचना अनि सांस्कृतिक विभाग खरसाङको आयोजनामा भारत रत्न स्वर कोकिला लता मंगेशकरको निधनमा आज यहाँको गोर्खा जनपुस्तकालय भवनको पारसमणि प्रधान प्रेक्षागृहमा श्रद्धाञ्जलि सभाको आयोजना गरियो। उक्त श्रद्धाञ्जलि सभामा गोर्खा जनपुस्तकालय, खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ, गीति गुञ्जन,शारदा संगीतालय, सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रतिनिधिहरू र कर्मचारीहरू लगायत विभिन्न संघ-संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभामा शुरूमा मौन धारण गरेपछि सर्वप्रथम स्वर कोकिला लता मंगेशकरको तस्वीरमा उपस्थित मानिसहरूले धूप-दीप प्रज्वलन, खादा-माला एवम् पुष्प अर्पण गरे। शोक सभामा वक्ताहरू क्रमैले गोर्खा जनपुस्तकालयको पूर्व सभापति तिलक शर्मा, वर्तमान सभापति पूर्ण गुरुङ निरुपम, गीति गुञ्जबाट नवराज ब्राह्मण, अकाशवाणी खरसाङबाट महेश्वर लामा, बागिना खरसाङको पक्षबाट रुपेय रसाइली, सूचना अनि सांस्कृतिक विभागको पक्षबाट कृष्ण शर्मा आदिले लता मंगेशकरबारे वक्तव्य राखे। सभामा सूचना अनि सांस्कृतिक विभागको पक्षबाट गोबिन छेत्रीले शोक सभामा उपस्थित सबैलाई आभार व्यक्त गर्दै लता मंगेशकरको निधनमा श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *