एसयुसीआई(सी)-द्वारा 22 मार्चको दिन सिलगढीको उत्तरकन्या अनि कोलकाताको नवन्ना अभियान

सिलगढी: एसयुसीआई(सी) ले आगामी 22 मार्चको दिन विभिन्न मागहरूलाई लिएर सिलगढीको उत्तरकन्या अनि कोलकाताको नवन्ना अभियान गर्ने भएको छ। सिलगढी जर्नलिस्ट्स क्लबमा आज आयोजित सम्वाददाता सम्मेलनमार्फत एसयुसीआई(सी) राज्य कमिटीको तर्फबाट यसबारे जानकारी दिएको छ। एसयुसीआई (सी) पश्चिम बंगाल राज्य कमिटीका सचिव चन्डीदास भट्टाचार्यले यसबारे भने, उक्त अभियान केन्द्र र राज्य सरकारको विभिन्न नीतिहरूको विरूद्धमा गरिने छ। तिनले अझ भने, आगामी 22 मार्चको दिन सिलगढीको बाघाजतिन पार्कबाट उत्तरकन्या अनि कोलकाताको हेदुआ पार्कबाट नवन्नाको लागि अभियान शुरू गरिनेछ। यसवाहेक, केन्द्रीय ट्रेड युनियनको तर्फबाट आगामी 28 र 29 मार्चको दिन बन्दको आह्वान गरिएको छ। उक्त बन्दलाई सफल पार्नको लागि तिनले सबै साधरण मानिसहरूसित अपिल गरेका छन्।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *