एसयुसीआईद्वारा सिलगढीमा प्रधानमन्त्रीको पुतला दहन

सिलगढी : एनआरसी र सीएए-को विरोध गर्दै एसयुसीआई-ले प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरे। आज सिलगडीको कोर्ट मोड़मा एसयुसीआई-ले एउटा पथसभाको आयोजना गरे। उक्त पथसभामा उपस्थित संगठनका सदस्यहरूले हातमा प्ला कार्ड लिएर एनआरसी अनि सीएए-को विरोध गरे। यसको साथै पथसभामा उपस्थित सबैले आज दुई दिवसीय भ्रमणमा कोलकाता आएका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध गो ब्याक-को नारा लगाउनको साथै प्रधानमन्त्री मोदीको पुतला दहन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *