एसयुसीआई-का श्रमिकहरू तृणमूल श्रमिक संगठनमा सामेल

राजगञ्ज : राजगञ्जको भद्रेश्वर चियाकमानका धेरैजना श्रमिक एसयुसीआई-का श्रमिक संगठन छोडेर तृणमूल श्रमिक संगठन टीडीपीडब्ल्युयु-मा सामेल भएका छन्। चियाकमानमा श्रमिक सम्मेलनको माध्यमद्वारा संगठनका केन्द्रीय कमिटीको संयुक्त महासचिव तपन दे-ले झण्डा प्रदान गरेर सबैलाई आफ्नो संगठनमा स्वागत जनाए। तिनले बताएअनुसार ती नयाँ सामेल हुने श्रमिकहरूले धेरैदिन अघिदेखि तृणमूल श्रमिक संगठनमा सामेल हुनेबारे लिखित रूपमा जनाए पछि आज एउटा कार्यक्रमबीच तिनीहरूलाई आफ्नो दलीय झण्डा प्रदान गरेर आफ्नो संगठनमा सामेल गराएको हो। उक्त चियाकमानका श्रमिकहरूको केही माग र समस्याहरू रहेकोले चाँडै नै यसबारे मालिकपक्षसँग कुराकानी गर्ने तिनले बताए। यसबाहेक आज चियाकमानको युनिट कमिटी गठन गरियो भने गौतम विश्वासलाई कमिटीको अध्यक्ष अनि द्विजेन रायलाई सचिवको रूपमा चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *