एसयुसीआई-को संस्थापक कमरेड शिवदास घोषको जन्मदिन पालन

सिलगढी : एसयुसीआई-को स्थापना गर्ने कमरेड शिवदास घोषको जन्मदिन पालन गरियो। यस अवसरमा एसयुसीआई-को तर्फबाट आज सिलगढीको बाघाजतीन पार्कबाट ट्याबलोको साथमा एउटा र्‍याली निकालेर सिलगढीको कोर्टमोड, हिलकार्ट रोडको परिक्रमा गरेपछि मित्र सम्मेलनी हलमा पुगेर समापन गरियो। यसपछि त्यहाँ एउटा सभाको आयोजना गरेर एसयुसीआई-का कार्यकर्ताहरूले शिवदास घोषको तस्विरमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गर्नको साथै पार्टीको झण्डा उत्तोलन गरे। उक्त सभामा वक्ताहरूले शिवदास घोषको जीवनीबारे प्रकाश पारे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *