सुदर्शन अम्बटेको ‘झ्याऊँकिरी’ र ‘जुनकिरी’ बाल कवितालाई साहित्य अकादमी पुरस्कार 2021 प्रदान गरिने

खरसाङ: खरसाङ खण्ड अन्तर्गत अम्बटे चियाबारी निवासी सुदर्शन प्रधानलाई बाल साहित्यमा तिनको पहिलो बाल कविता संग्रह झ्याऊँकिरी र जुनकिरीको निम्ति वर्ष 2021 को साहित्य अकादमी पुरस्कार प्रदान गरिने भएको छ। विशेषगरी व्यङ्ग्यकारको रूपमा परिचित प्रधानले अघिबाटै पृथ्वी कस्तो छ? अज्माई हेर्नुहोस, ज्ञान सरोवर, मासु मीठो कि मसला आदि जस्ता व्यङ्ग्य कृतिहरू प्रकाशित गरिसकेका प्रधानले पुरस्कृत पुस्तक झ्याऊँकिरी र जुनकिरी 2018 मा प्रकाशित भएको हो। आफूले साहित्य अकादेमी पुरस्कार पाउने खबर पाएपछि प्रसन्नता व्यक्त गर्दै प्रधानले यसको निम्ति सम्पूर्ण जुरी सदस्य लगायत साहित्य अकादमीप्रति कृतज्ञता व्यक्त गरेका छन्। तिनले यो अकादमी पुरस्कारको निम्ति तिनको बाल कविता संग्रह झ्याऊँकिरी र जुनकिरी चयन भएको खबर सर्वप्रथम साहित्यकार कालुसिंह रणपहेंलीबाट फोनमार्फत जानकारी गराएको जनाउँदै तिनीप्रति पनि कृतज्ञता व्यक्त गरे। साहित्यकार प्रधान हालसम्म हाँस्य व्यङ्ग्यको निम्ति वानेश्वर सर्जक समाज, काठमाण्डु नेपाल, सिस्नु पानी नेपाल, अर्नोवा, साउती परिवार, नयाँ दिल्ली, नेपाली साहित्य परिषद, गान्तोक, दक्षिण सिक्किम साहित्य सम्मेलन, मल्ली साहित्य समागम, सूचना अनि सांस्कृतिक विभाग, जीटीए, नमस्ते खरसाङ च्यानल, रोहिणी कल्याण संगठन (बाल साहित्यको निम्ति), सिद्धार्थ एकाडेमी पशुपति नगर, नेपाल, (बाल साहित्यको निम्ति), रुद्रभिषेक प्रज्ञा प्रतिष्ठान, काठमाण्डु, नेपाल (लेख/अभिलेखको निम्ति), मित्रसेन थापा ग्रामीण समूह, भाक्सु हिमाचल (लेख/अभिलेख), युवा संघ, गोर्खा नगर कटरा, जम्मू (लेख/अभिलेख) अप्पर सिरिसे ग्राम सुधार समिति, अम्बटे (लेख/अभिलेख), श्री सत्य साई बाल विकास केन्द्र, पाँचघरे ग्राम सुधार कल्याण समिति (सामाजिक सेवा) आदिबाट सम्मानित भइसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *