सुफल बाङ्ग्ला स्टलमा 25 रुपियाँ प्रति किलो आलु बिक्रीमा

सिलगढी : सिलगढीको कलेजपाडा सुफल बाङ्ग्ला स्टलमा प्रति किलो 25 रुपियाँ गरेर ज्योति आलु बिक्रीमा राखिएको छ। यसको लागि कृषि विपणन विभागको तर्फबाट कुपन वितरण गरिरहेको छ भने प्रत्येक एउटा कुपनमा अधिकतम 3 किलो आलु बिक्री गरिरहेको बताइएको छ। कम मूल्यमा आलु उपलब्ध भएकोले गर्दा उक्त स्टलमा आज आलु किन्ने मानिसहरूको निक्कै लामो लाइन लागेको देखियो। लगभग 1 महिनादेखि सुफल बाङ्ग्ला मोबाइल भ्यानको माध्यमद्वारा सहरको विभिन्न ठाउँहरूमा निर्धारित मूल्यमा आलु बिक्री गरिरहेको बताइएको छ। हाल आलु र प्याजको दाम बढेको छ भने प्रति किलो आलुको दाम लगभग 45 देखि 55 रुपियाँ रहेकोले मध्यम वर्गका मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। यस्तो स्थितिमा राज्यका विभिन्न ठाउँहरूमा सुफल बाङ्ग्ला स्टल खोलेर साधारण मानिसहरूलाई सरकारको निर्धारित मूल्यमा आलु उपलब्ध गराइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *