सुजाता मण्डल खाँ-ले बेलाकोबा भाभरी देवी मन्दिरमा गरिन् पुजा-अर्चना 

सिलगढी : हालै तृणमूल कङ्ग्रेसमा सामेल भएकी भाजपा सांसदको स्वास्नी सुजाता मण्डल खाँ-ले आज बेलाकोबास्थित भाभरी देवी मन्दिरमा पुजा अर्चना गरिन्। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेस विपुल मतले विजयी हुने दावी गरिन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी एकपल्ट फेरि मुख्यमन्त्री बन्ने निश्चित रहेको बताउँदै  विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेस विपुल मतले विजय होस् भन्ने प्रार्थना गरेको जनाइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *