सुके बजार 31 अगस्तसम्म 1 बजी दिउँसोसम्म खुल्ला रहने

सुकेपोखरी : कोभिड 19 महामारीबिच क्षेत्रिय प्रशासनद्वारा सम्पूर्ण दार्जिलिङ पहाड़मा अनलक गरिए तापनि सुकेपोखरी व्यापारी सङ्गठन अनि पुलिस प्रशासनको सहमतिमा आगामी 31 अगस्तसम्म सुके बजार बिहान 6 बजीदेखि दिउँसो 1 बजेसम्म मात्र खुल्ला राख्ने निर्णय लिइएको छ। संगठनद्वारा  लिइएको उक्त निर्णयबारे जानकारी गराउँदै सङ्गठनका शेखर गुरूङले केही सप्ताहसम्म शुक्रबार हाट पनि नलाग्ने बताए। यसको साथै निर्धारित समयमा बजार आएको बेला सामाजिक दूरी पालन गरिदिने तिनले सबैसित अपील पनि गरे। पश्चिम बङ्गाल सरकारद्वारा  तोकिएको पूर्ण लकडाउनमा  सुके बजार पूर्ण रूपले बन्द राखिने तिनले बताए। व्यापारी वर्गले पनि संगठनको  निर्णयलाई आत्मसात गर्ने अनुरोध गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *