सुके बजारको दोकान अपरान्ह 1 बजीसम्म मात्र खुल्ला रहने

सुकेपोखरी: सुकेपोखरी ब्यापारी सङ्गठनले कोरोना संक्रमणलाई केन्द्र गरेर स्थानीय एघारवटा समाजको सहमतिमा लिएको निर्णय अनुसार सुके बजार बिहान 7 बजीदेखि अपरान्ह 1 बजीसम्म मात्र दोकान-पाटहरू खुल्ला रहने भएको छ। सुके, पोख्रेबुङ नागरी तथा सङ्लग्न क्षेत्रका मानिसहरूमा छाएको अन्यौलता निवारण गर्न सङ्गठनका पदाधिकारीहरूले आज प्रेस भेला गरेर यसबारे स्पष्टीकरण दिएको छ । यस अवधी कसैले पनि सुकेपोखरी बजार आएर आवश्यक सर-सामान किन्न सक्ने बताए। अन्य ठाउँका मानिसलाई सुके बजारमा कुनै सामान किन्न नदिने भन्ने जुन आरोप सङ्गठनलाई लागेको छ सो आरोप निराधार रहेको बताउँदै समाजका प्रतिनिधिहरूले प्रत्येक शुक्रवार हाट लाग्ने सुकेबजारमा बाहिरका व्यवसायीलाई दोकान राख्न नदिने सङ्गठनको निर्णय रहेको बताए । प्रत्येक दिन अपरान्ह 1 बजीदेखि उता बाहिरका मानिसलाई मात्र नभएर सुकेपोखरी कै मानिसहरूलाई पनि किन-मेल गर्न बन्द गरेको तिनीहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *