सुके ब्लकको गोपाल धारामा सेनिटाइज

सुकेपोखरी: सुके खण्ड अन्तर्गत गोपाल धाराको एउटा सामजिक संस्थाद्वारा घर गाउँहरुमा सेनिटाइज कार्य साथै एकान्तवासमा रहेकाहरुलाई भेटघाट गर्ने कार्य गरे। उक्त कार्यमा धेरै स्थानीय सामजिक कार्यकर्ताहरुले साथ दिएका थिए। आजको कार्यमा विशेष गोपालधारा चियाबारीको स्वास्थ्य कर्मचारी सुबाला सुब्बा, बिद्या तामाङ, एएनएम खुस्बु सुब्बा, सामजिक कार्यकर्ता यादप तामाङ्, साजन छेत्री, नित्याम गुरुङ, बिमन यल्मोको उपस्थिति रहेको थियो भने उक्त कार्यमा चियाबारी प्रबन्धकले पनि गाडी साथै दुईजना श्रमिक दिएर सहयोग पुऱ्याएको गोपाल धाराका सामजिक कार्यकर्ता अवन थामीले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *