सुके मानेभञ्ज्याङमा सफाई कर्मीलाई आवश्यक सामग्री वितरण

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय अध्यक्ष विनय तामाङले सुके मानेभञ्ज्याङ समष्टि भ्रमण अवधि दिएको वचन अनुसार आज अध्यक्ष तामाङ र समष्टि अध्यक्ष बुद्ध तामाङको तर्फबाट सुकेपोखरी डीआई फण्ड सफाई कर्मीलाई आवश्यक तथा सफाई कार्यमा प्रयोग गरिने सर-समान प्रदान गरियो।  यस अवसरमा नारी मोर्चा सुके मानेभन्ज्याङ समष्टि सभानेत्री अञ्जना डुक्पा, सचिवा सुनिता छेत्री, गोजमुमो समष्टि संयुक्त सचिव फुर्बा छिरिङ शेर्पा, ब्लक कमिटी सभानेत्री डोमा डुक्पा, सुके खण्ड समिति सचिव प्रणय राणा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *