सुकेपोखरीबाट 17 परिवार तृणमूलमा सामेल

सुकेपोखरी : गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको नागरी धजे समष्टिको बुथ नम्बर 304 अन्तर्गत नागरी फार्म चियाबारीको 25 नम्बर भस्मे, लाइन धुरा, गोदाम धुरा, लेप्चा गाउँ, सिरूबारीबाट विभिन्न पार्टीका 17 परिवार तृणमूल कांग्रेसमा सामेल भएका छन्। पार्टी जोरबङलो सुकेपोखरी खण्ड अध्यक्ष एसके राई, समष्टि  सभापति, सचिव, पञ्चायत समितिका पदाधिकारी तथा अन्यको उपस्थितिमा सम्पन्न सभामा पार्टीमा सामेल समर्थकहरूलाई स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरियो। यसैबीच बुथ कमिटी पनि गठन गरियो। सभालाई सम्बोधन गर्दै खण्ड अध्यक्ष एसके राईले शान्ति अनि विकासको सिद्धान्तमा परिवर्तनको सोच राख्ने तृणमूल कांग्रेस मानिसहरूको विश्वास रहेको बताए। युवावर्गलाई विशेष महत्व दिएर तिनीहरूको सुनिश्चित भविष्य निर्धारणको निम्ति तृणमूल कांग्रेसले मात्र कार्य गर्न सक्ने भएकोले युवा जमातसँगै धेरैजसो सर्वसाधरण पार्टीमा सामेल हुने क्रममा तीव्रता आएको पनि राईले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *