सुकेपोखरी बजार तथा सङ्लग्न क्षेत्रमा सेनिटाइज

सुकेपोखरी : जीटीएद्वारा गरिएको सप्ताह व्यापी लकडाउन समाप्त भएपछि सुकेपोखरी बजार तथा सङ्लग्न क्षेत्रमा आज  सेनिटाइज गरियो। सुकेपोखरी थाना अनि गोजमुमो सुके मानेभञ्ज्याङ समष्टिको संयुक्त प्रयासमा तथा अग्निशमन विभागको सहयोगमा सुके बजारलाई सेनिटाइज गरिएको बताइएको छ। लकडाउन खोलिएपछि बजारमा मानिसहरूको व्यापक चहल-पहल बढेको देखिएको छ। यसका साथै सुकेपोखरी बजार अनि सरकारी गैरसरकारी कार्यालयहरूमा पनि जनसाधारणको व्यापक चहलपहल देखिएको थियो । सुके मानेभन्ज्याङ समष्टि सभापति बुद्ध तामाङले समष्टि अनि जनसाधारणको तर्फबाट दार्जीलिङ अग्निशमन विभागका अधिकारी अनि विभागका सह-कर्मीहरूलाई खदा लगाइ दिएर सम्मान जनाउँदै धन्यवाद ज्ञापन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *