सुकेपोखरी बजारको मैला फ्याँक्ने ठाउँमा पैह्रो जाने क्रम जारी

सुकेपोखरी : सुकेपोखरी बजारको मैलाहरू हालसम्म दैनिक रूपमा सुके मानेभन्ज्याङ रोड परिसरमा फ्याँल्ने क्रम जारी रहेको छ। बजारको गाउँहरूबाट दैनिक रूपमा निक्लेको मैलाको उचित व्यवस्थापन नभएको कारण मानेभन्ज्याङ रोड परिसरमा फ्याँक्ने गरिन्छ। हाल उक्त मैला फ्याक्ने ठाउँको परिसरमा लगातार परिरहेको पानीले मैलासँगै माटो धस्किने क्रम जारी रहेको छ भने गत केही दिन अघिदेखि पहिरो गएको छ । रोड परिसरदेखि पहिरो झरेर मैला अनि माटो खोला किनारमा सम्म पुगेको छ। यसको समयमा सठिक व्यवस्थापन अनि रोकथाम नगरेको खण्डमा भविष्यमा ठूलो खतरा हुने प्रबल सम्भावना देखिएको छ। सुकेपोखरी बजारको मैला व्यवस्थापनको निम्ति सभाको आयोजना लगायत स्मारक प्रत्र बुझाउने कार्य समेत गरिए तापनि हालसम्म यसबारे सठिक पहल हुन नसकेको स्थानीय मानिसहरू बताउँछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *