सुकेपोखरी बजारमा सामानको मूल्यको जाँच गर्न बीडीओ र पुलिस अधिकारीद्वारा निरीक्षण

सुकेपोखरी: जोरबङ्ला-सुकेपोखरी खण्ड बिकास अधिकारी सामीरूल इस्लाम अनि सुकेपोखरी थाना प्रभारी सुदिप कुमार विश्वासले आज सुकेपोखरी बजारको भ्रमण गरेर आवश्यक सर सामाग्री अनि साग-सब्जीको पसलमा निरीक्षण गर्दै दर भावको जानकारी लिएका छन्। बजारको सबै पसलको सर-सामाग्रीहरूको मूल्य सोधखोज गरी सबै पसललाई दर भावको चार्ट लगाउने तिनीहरूले निर्देश दिएका छन् । मिठाई दोकान अनि प्याकेट खानेकुरा बिक्रेता सबैलाई दर, उत्पादन मिति अनि ऐक्सपाइरी इत्यादि हेरेर मात्र राख्नु पर्ने प्रशासनले निर्देश दिएको छ।


खण्ड बिकास अधिकारी अनि थाना प्रभारीले सबै नागरिक अनि व्यापारीलाई मास्क अनिवार्य रूपमा लगाउने, दोकानमा कोभिड सम्बन्धित नियमलाई पालन गर्ने निर्देश दिएको छ। खण्ड विकास अधिकारीले हाल आपदा प्रबन्धन निमय लागु गरिएको जानकारी दिँदै यस कानुन सम्बन्धित नियमबारे जनसाधारणलाई अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *