सुकेपोखरी खण्ड स्वास्थ्य केन्द्रलाई चारवटा अक्सिजन कन्सनट्रेटर प्रदान

सुकेपोखरी: मिशन अक्सिजन अन्तर्गत आज सुकेपोखरी खण्ड स्वस्थ्य केन्द्रलाई दुबई कोर टीम अनि मार्ग एनजीओ-को पहलमा चारवटा अक्सिजन कन्सनट्रेटर प्रदान गरियो। मिशन अक्सिजन अन्तर्गत आज सुकेपोखरी खण्ड स्वास्थ्य केन्द्रलाई दुबई कोर टीम अनि मार्ग एनजीओ-को प्रयासमा भारतको विभिन्न राज्य अनि स्थानमा मिशन अक्सिजन अन्तर्गत अक्सिजन कन्सनट्रेटर प्रदान गरिरहेको जानकारी गराउँदै पहाडको विभिन्न खण्डको स्वास्थ्य केन्द्रलाई पनि यस मिशन मार्फत अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरिएको मार्ग एनजीओ प्रमुख निर्णय जोन छेत्रीले जानकारी दिएका छन्। खण्ड स्वस्थ्य केन्द्र अनि स्थानीय नागरिकको तर्फबाट डाक्टर बुद्धदेव विश्वासले मिशन अक्सिजन, दुबई कोर टीम अनि मार्ग एनजीओ-लाई चारवटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेकोमा धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *