सुकेपोखरीको गुम्बामा साकादावा पालन

सुकेपोखरी : वैश्विक महामारीको कारण जारी लकडाउन अवधि हालसम्म सम्पूर्ण रूपमा सबै संस्थानहरू लगायत धार्मिक स्थलहरू बन्द रहेको कारण कुनै प्रकारको धार्मिक अनुष्ठानमा जमघट हुने कार्यक्रमहरूको आयोजना गरिएको छैन। विशेष आज बौद्ध धर्मको पवित्र दिन साकादावा रहे तापनि सुके संलग्न क्षेत्रमा जारी लकडाउनको कारण कुनै प्रकारको धार्मिक अनुष्ठानहरू सम्पन्न नभए तापनि स्थानीय गुम्बाहरूमा दैनिक पुजापाठसँगै साकादावा साधारण रूपमा पालन गरेको जानकारी प्राप्त भएको छ। सुकेपोखरी माझीधुरा भनि छौलिङ गुम्बाका प्रमुख बौद्ध लामा दावा कर्मा शेर्पाले गुम्बामा साकादावा साधारण रूपमा पालन गरेको बताउँदै आजको दिन नै भगवान गौतम बुद्धले ज्ञान, बुद्धत्व अनि महापरिनिर्वाण प्राप्त गरेको पवन दिन रहेको जानकारी गराए। यसरी नै सुकेपोखरी खण्डको सुकेपोखरी, मेम, चित्रे, चटाई धुरा, पुलुङदुङमा अवस्थित गुम्बामा पनि साधारण रूपमा पुजापाठ अनि धार्मिक अनुष्ठान सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *