सुकेपोखरीको लाप्चे जगत परिसरमा वृक्ष रोपण

सुकेपोखरी: तीनवटा स्वनिर्भर समूह क्रमैले साई कृपा, केशरी अनि लेप्चा जगत तथा अमर गाउँ समाज र चालक सङ्गठनको संयुक्त तत्वावधानमा सुकेपोखरीको लाप्चे जगत परिसरमा वृक्ष रोपण गरियो । वन विभागको विशेष सहयोगमा सम्पन्न यस कार्यक्रममा दार्जीलिङका फरेष्ट रेञ्जर अफिसर एस कुमार विश्व तथा सुकेपोखरीका सोयल अफिसर मनोज छेत्रीको विशेष उपस्थिति थियो। विभिन्न सरकारी र गैर सरकारी संस्था, समाज, स्वनिर्भर समूह, समाज आदिलाई लिएर वन संरक्षणको कार्यक्रमहरू गर्दै आइरहेको छ। यस अवसरमा सोयल अफिसर मनोज छेत्रीले फरेष्ट राइट एक्ट 2006-को विषयमा सर्वसाधरणलाई जानकारी गराए। इण्डिया स्टेट अफ फरेष्ट रिपोर्टको तथ्याङ्क अनुसार विगत 2017-19 सम्म वन घनत्व बढ़ेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *