सुकेपोखरीको मिम चियाकमानमा “द्वारे सरकार” शिविर

सुकेपोखरी : राज्य सरकारको पहलमा पश्चिम बंगाल राज्यका ग्रामीण जनसाधारणलाई पञ्चायत स्तरीय सरकारी सेवा अनि सहुलियतलाई घर दैलोमा पुर्‍याउने उद्देश्य लिएर शुरू गरिएको “द्वारे सरकार” अभियानको शिविर आज परमागढ़ी तामसाङ ग्राम पञ्चायतको मिम चियाकमान स्कुल गाउँमा सम्पन्न गरियो। उक्त शिविरमा ग्राम पञ्चायत क्षेत्रका धेरैजसो मानिसहरूले राज्य सरकारद्वारा प्रदान गरिने विभिन्न सरकारी योजनाहरूको धेरै लाभ उठाइरहेका छन्। शिविरमा जोरबङ्लो सुकेपोखरी खण्ड विकास अधिकारी अनि संयुक्त खण्ड विकास अधिकारीले आदिवासी जनजाति वर्गका मानिसहरूलाई अनुसूचित जातिको प्रमाण पत्र प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *