सुकेपोखरीको पोख्रेबुङ बजारमा सेनिटाइज

सुकेपोखरी : सुके खण्डको पोख्रेबुङ बजारमा एकजना युवकमा कोरोना संक्रमण भेट्टाइएपछि पोख्रेबुड एकता परिवारद्वारा बजार तथा संलग्न क्षेत्रमा आज सेनिटाइज गरियो। कार्यक्रममा पोख्रेबुङ आउटपोस्ट प्रभारी एसआई राजकुमार प्रधानको विशेष उपस्थिति रहेको थियो। यस कार्यमा सांगमा टर्जम चियाबारीका महाप्रबन्धक एके झा-ले सहयोग पुर्‍याएकोमा एकता परिवारले तिनलाई धन्यवाद दिएको छ। गत 23 जुलाईको लकडाउन पछि अन्य क्षेत्र 24 जुलाईको दिन खोलिए तापनि पोख्रेबुङ बजार सात दिनसम्मको लागि पूर्ण रूपमा लकडाउन रहने अघिबाटै सूचित गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *