सुकेपोखरीको रंगबुल ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड गठन साथै शपथ ग्रहण

सोनादा (निसं) : सुकेपोखरी खण्ड अन्तर्गत रंगबुल ग्राम पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड गठन गरेको छ। आज उक्त ग्राम पञ्चायतमा बोर्ड गठन र शपथ ग्रहण समारोह सम्पन्न भएको छ। आज सम्पन्न बोर्ड गठन र शपथ ग्रहण समारोहमा रंगबुल ग्राम पञ्चायतको प्रधानको रूपमा योजना सुब्बाले प्रधानको रूपमा अनि फुर्बा डिक्की शेर्पाले उप प्रधानको रूपमा शपथ ग्रहण गरे। रंगबुल ग्राम पञ्चायतमा जम्मा 9 वटा पञ्चायत सदस्यको सिटहरू रहेको थियो जसमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले 7 वटा सिटमा विजय हासिल गरेर सजिलै बोर्ड गठन गरिसकेको थियो भने आज बोर्ड गठन र शपथ ग्रहण समारोह सम्पन्न भयो।


उक्त बोर्ड गठन र शपथ ग्रहण समारोहमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय नेतृत्व तथा जीटीएको डेपुटी चेयरम्यान राजेश चौहान उपस्थित थिए। रंगबुल ग्राम पञ्चायतमा बोर्ड गठन र शपथ ग्रहण समारोह विषयमा नव निर्वाचित पञ्चायत प्रधान योजना सुब्बा, उप प्रधान फुर्बा डिक्की शेर्पा र डेपुटी चेयरम्यान राजेश चोहानले विस्तृत रूपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *