सुकेपोखरीको रङ्गबुल इलाकामा सेनिटाइज साथै मास्क वितरण

सुकेपोखरी : जीटीए सर्भिलेन्स रङबुल धोतरिया समष्टि अनि जोरबङ्गलो सुकेपोखरी खण्ड विकास कार्यालयको संयुक्त पहलमा रङ्गबुल इलाकामा आज सेनिटाइज गरियो। यसको साथै राष्ट्रिय राजमार्ग 55 मा आवत जावत गर्ने मानिसहरूलाई मास्क पनि वितरण गर्यो। यस अवसरमा जीटीए सर्भिलेन्स कमिटिका समन्वयक राजेश चौहान, अमिर राई, लछुमण ठकुरी, निरज लामा, चन्द्र योन्जन, एनोश हाङ्ग सुब्बा, बिरेन छेत्री, पेमा लामा लगायत अन्य उपस्थित थिए। स्मरण रहोस्, गत केही दिनअघि रङ्बुल सिधा लाइनमा एउटी महिलाको कोरोना संक्रमित भएर मृत्यु भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *