सुकेपोखरीमा 22 अगस्तदेखि गणेश उत्सव आयोजना गरिने

सुकेपोखरी: सङ्कट मोचन विनायक मन्दिर रङबुल फाटक सञ्चालन समितिको तर्फबाट आगामी 22 अगस्तदेखि 31 अगस्तसम्म हुने गणेश उत्सवलाई लिएर विशेष सूचना जारी गरेको छ। दस दिनसम्म चल्ने यस अनुष्ठान हाल कोभिड 19-को महामारीलाई ध्यानमा राखेर सामान्य रूपले पालन गर्ने निर्णय लिइएको छ। भक्तहरूको भीड़लाई नियन्त्रण गर्न निगरानी राखिने, पूजा अर्चनाको निम्ति  लाइबद्ध भएर मन्दिरभित्र प्रवेश गराउने व्यवस्था मिलाइने बताइएको छ। यसको साथै भक्तहरूले अनिवार्य रूपमा माक्सको प्रयोग गर्नुपर्दछ। सन्ध्याकालीन भजन कीर्तन नगरिने, मन्दिरमा चढाइने नगद राशि लगायत अन्य सामाग्री ग्रहण नगरिने आदि जस्ता निवेदन गरिएको आयोजक समितिले जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *