सुकेपोखरीमा दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियनको सभा

सुकेपोखरी : दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियन नागरी फार्म शाखाको सभा सञ्जय गिरीको अध्यक्षतामा सम्पन्न भयो। संगठन पदाधिकारी एवम् बुथ लेबल कमिटी प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न सभालाई सचिव रूद्रमणि शङ्खरले सञ्चालन गरेका थिए। केन्द्रिय तथा महकुमा समितिको निर्देशनमा पर्जा पट्टा विषय लिएर आयोजना गरिएको सभामा डाटा सङ्ग्रह गरेर अघिल्लो पहल गर्ने प्रस्ताव पारित गरियो। यहाँको चारवटा बुथ कमिटीबाट तथ्याङ्क सङ्ग्रह गर्न तर्दथ कमिटी गठन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *