सुकेपोखरीमा ग्लोबल ह्याण्ड वासिङ डे पालन

सुकेपोखरी : स्वास्थ्य विभाग, नागरी फार्म टी म्यानेजमेन्ट तथा एनजीओ डीएलआर प्रेरणा-को संयुक्त तत्वावधानमा कमानको हस्पिटल परिसरमा ग्लोबल ह्याण्ड वासिङ डे पालन गऱ्यो। यस अवसरमा चिया श्रमिकहरूलाई हात धुन किन आवश्यक छ साथै कुन समयमा, कसरी अनि कुन पद्धतिमा हात धुन आवश्यक छ भन्नेबारे डीएलआर प्रेरणाकी अनमिका शर्माले विस्तृत जानकारी गराइन्। तिनले हात धुने प्रक्रियासँगै पोषण तथा रोग प्रतिरोधक क्षमता वृद्धिमाथि पनि प्रकाश पारिन्। यस अवसरमा कमान महाप्रबन्धक टीसी शर्मा, कम्पाउण्डर भानु खवास तथा आशा कर्मी सञ्चिता थापाले पनि कार्यक्रमलाई सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *