सुकेपोखरीमा गोजमुमोको चुनावी सभा सम्पन्न

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा सुके मानेभञ्ज्याङ समष्टि पोख्रेबुङ चामोङ तथा नागरी धजे समष्टिलाई लिएर संयुक्त चुनावी सभा आज सुकेपोखरीमा सम्पन्न भयो। केन्द्रीय समिति अध्यक्ष विनय तामाङको विशेष उपस्थितिमा सम्पन्न सभामा केन्द्रिय सहसचिव ज्योतिकुमार राई, प्रवक्ता केशवराज पोख्रेल, सदस्य सीडी बान्तावा, महकुमा समिति अध्यक्ष आलोक कान्त मणि थुलुङ तथा केन्द्रिय समिति, महकुमा समिति, समष्टि समितिका नेतृत्व एवम् समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर सम्पन्न गरिएको सभामा तीनवटै समष्टिबाट 6-6 जना प्रतिनिधिलाई लिएर जोनल समिति गठन गरियो।


उक्त समितिमा ज्योतिकुमार राई, सीडी बान्तावा तथा उदय देवान प्रमुख रहेका छन् भने चुनाउ महकुमा समितिमा सुके मानेभञ्ज्याङ समष्टि अध्यक्ष बुद्ध तामाङलाई चयन गरियो। चुनावी जोनल समितिले भोलीदेखि चुनाउबारे बौद्धिक कसरत शुरू गर्ने उदय देवानले बताए। उक्त समितिले समष्टिका सम्पूर्ण ब्लक तथा बुथ समितिलाई लिएर चुनावी समिति गठन गर्ने निर्णय लिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *