सुकेपोखरीमा हेरचाह स्वास्थ्य केन्द्रको उद्घाटन

सुकेपोखरी : सुकेपोखरी थानाको पहलमा आज विशेष कार्यक्रममाझ सुकेपोखरी खण्ड स्वस्थ्य केन्द्रमा चारवटा बेड भएको विशेष हेरचाह केन्द्रको उद्घाटन गरियो। दार्जिलिङ पुलिस एसपी डाक्टर सन्तोष निम्बालकरको बाहुलीबाट यसको विधिवत उद्घाटन गरियो। कार्यक्रममा एसडीपीओ मिरिक रूद्र नारायण शाव, सुकेपोखरी थाना प्रभारी सुदीप कुमार विश्वास, खण्ड स्वस्थ्य अधिकारी डाक्टर बुद्ध देव विश्वास आदि उपस्थित थिए। सुकेपोखरी थाना प्रशासन अनि दार्जिलिङ पुलिसको सहयोगमा रोगीहरूलाई उचित सेवा प्रदान गर्ने उद्देश्य लिएर उक्त विशेष कक्षको सञ्चालन गरिने बताइएको छ। यसै कार्यक्रममा जिल्ला पुलिस अधीक्षकले बिरामीहरूसित भेटघाट गरेर तिनीहरूलाई फलफुल वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *