सुकेपखरीमा जनचेतनामूलक कार्यक्रमको आयोजना

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत पर्ने सिद्धिविनायक बहुउद्देश्यिय महिला सहकारी समिति क्लस्टर एसएसजी तथा सुन्दर वन ड्रीमको संयुक्त आयोजनामा क्षेत्रका सम्पूर्ण स्व निर्भर दलहरूलाई लिएर एउटा जनचेतनामूलक कार्यक्रमको आयोजना गरियो। क्लस्टर कार्यालय सङ्गम बजारमा सम्पन्न उक्त कार्यक्रम सुन्दर वन ड्रीमका डाइरेक्टर मुस्तफा, मिरिक खण्डका संयोजक वाङदी लामा, सुके खण्डका अपरेसनल मेनेजर विक्रम प्रधान, एसएचजी सिएसपी रूपाली चौहान, कल्पना राई तथा अन्यको विशेष उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको आयोजना गर्ने उदेश्यबारे प्रकाश पार्दै वक्ताहरूले स्वरोजगार साधन अप्नाएर कसरी बेरोजगार समस्या सामधान गर्न सकिन्छ भन्नेबारे उपस्थित सबैलाई अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *