सुकेपोखरीमा जनताको नाममा व्यापक पोस्टरिङ

सुकेपोखरी : सुकेपोखरीको डीआई फण्डको जमीनलाई भूमि अनि भूमि सुधारमा अन्तर्भुक्त गर्नुपर्ने मागमा सुकेपोखरी डीआई फण्ड जनताको पक्षबाट आज व्यापक पोस्टरिङ गरियो। आगामी विधानसभा चुनाउ अगावै डीआई फण्ड जमीनलाई भूमि अनि भूमि सुधारमा अन्तर्भुक्त नगरे डीआई फण्डका जनताले चुनाउ वहिष्कार गर्ने, भारत स्वतन्त्र भएको 74 वर्ष बितिसक्दा पनि डीआई फण्ड भूभाग चाहिँ किन अहिलेसम्म ब्रिटिश कालीन नियममा छ सरकार जवाफ देऊ, जमीनको समस्या चाँड़ै सामधान गरी मालिकाना अधिकार दिनपर्ने माग राखेर लेखिएको पोस्टर टाँस्न डीआई फण्ड जमीनमा बस्दै आएका एकाधिक संघ संस्थाहरू अघि आएका थिए। यसबारे नीमा ठेण्डुप भोटियाले बताएअनुसार धेरै समयदेखि भोग्दै आएको उल्लेखित समस्यालाई लिएर सम्बन्धित निकायमा धेरै पल्ट पत्राचार गरे तापनि हालसम्म सामधान नभएपछि आज सड़कमा निस्कन बाँध्य बनेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *