सुकेपोखरीमा नगद राशि खुल्ला फुटबल प्रतियोगिता शुरू

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत सेभेन स्टार युथ क्लब धजे होप गाउँको पहलमा होप खेल मैदानमा नगद राशि खुल्ला फुटबल प्रतियोगिता शुरू भएको छ। नागरी फार्म पुलिस आउट पोस्ट इन्चार्ज एएसआई दिपेन जोशीको प्रमुख आतिथ्यमा शुरू भएको टुर्नामेन्टको प्रथम चरणमा देशभक्ति गीत प्रस्तुत गरिएको थियो। उक्त फुटबल प्रतियोगिता सम्पन्न गर्न गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष तथा एडवर्ड फाउन्डेसनका प्रमुख अजय एडवर्डले जर्सी, फुटबल, नेट, विनर-रनर ट्रफी उपलब्ध गराएकोले आयोजक समितिको पक्षबाट तिनीप्रति आभार प्रकट गरियो। यसरी नै मेन अफ् द म्याचको ट्रफी सोमबहादुर तामाङले प्रदान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *