सुकेपोखरीमा नागरी फार्म शाखा कार्यकारिणी समितिको सभा

सुकेपोखरी : खस भारतीय हितकारी सम्मेलन नागरी फार्म शाखा कार्यकारिणी समितिको सभा आज स्थानीय सार्वजनिक भवनमा सम्पन्न भयो। गणेश गिरीको अध्यक्षतामा सचिव विनोद छेत्रीले सञ्चालन गरेको सभामा केन्द्रिय सदस्य टीबी छेत्री तथा शाखा समितिका पदाधिकारीको उपस्थिति रहेको थियो। सभामा सांगठनिक विविध विषयमा चर्चा परिचर्चा गरियो। सभामा नर्सरीदेखि नवौं कक्षासम्मका वार्षिक परीक्षामा 80 प्रतिशत अथवा त्योभन्दा अधिक अङ्क ल्याउने विद्यार्थीलाई आगामी 21 फरवरीमा सम्वर्द्धना जनाउने निर्णय लिएको छ। माध्यमिक स्तरदेखि माथिका विद्यार्थीलाई पुरानै प्रावधान अनुसार सम्मान जनाउने तय गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *