सुकेपोखरीमा पाँच दिवसीय रेसिन्डेन्सियल ट्रेनिङ प्रोग्राम

सुकेपोखरी : जोरबङलो सुकेपोखरी खण्ड विकास कार्यालयको कृषि विभागद्वारा पाँच दिवसीय रेसिन्डेन्सियल ट्रेनिङ प्रोग्राम आयोजना गरियो। आगामी 21 दिसम्बरसम्म चल्ने उक्त कृषि प्रशिक्षणको पहिलो तथा दोस्रो दिनमा प्लुङदुङ बस्ती रियाङ बस्ती, हिन्दु डाँड़ा, राणा डाँड़ा, सोनादा आदि क्षेत्रका कृषकहरूलाई लिएर प्रशिक्षण गराइयो।


रेसिन्डेन्सियल ट्रेनिङ प्रोग्राममा कृषि विज्ञान केन्द्र कालेबुङको एसएमएस तथा अन्यले प्रशिक्षण दिएका थिए। उक्त कृषि प्रशिक्षण एडीए अरनव पारिकको अध्यक्षतामा तथा खण्ड विकास अधिकारी समिरूल इस्लामको प्रमुख आतिथ्यमा सम्पन्न भयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *