सुकेपोखरीमा रेपिड एन्टिजेन टेस्ट

सुकेपोखरी : सुके खण्ड स्वास्थ्य केन्द्र र उप स्वास्थ्य केन्द्र नागरी फार्मको पहलमा कोभिड 19-को बढ्दो संक्रमणलाई ध्यानमा राखेर आज रेपिड एन्टिजेन टेस्ट गरियो। सुपर भाइजर सुनिता गहतराज, एएनएम पम्फा जोशी, रबिना खवास तथा आशाकर्मीको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वास्थ्य कर्मीद्वारा स्थानीय कतिपय मानिसहरूको रेपिड टेस्ट गरियो। केही महिना अघि गरिएको रेपिड एन्टिजेन टेस्टको तुलनामा दोस्रो चरणको यस कार्यक्रममा धेरै कम्ती खङ्ख्यामा मानिसहरू उपस्थित रहेको बताइएको छ। यस विषयलाई केन्द्र गरेर सुपर भाइजर सुनिता गहतराजले सरकार एवम् स्वास्थ्य विभागले उपलब्ध गराएको उक्त निःशुल्क टेस्ट गर्न नचाहनु उचित नरहेको बताए। व्यक्तिगत रूपमा यस प्रकारको टेस्ट गर्न धेरै खर्च लाग्ने बताउँदै मानिसहरूमा अझै पनि कोभिड 19-बारे सटीक जानकारी नरहेको हुनसक्ने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *