सुकेपोखरीमा संयुक्त माध्यमिक शिक्षक संगठनको सभा

सुकेपोखरी : गोजमुमोको भातृ सङ्गठन संयुक्त माध्यमिक शिक्षक सङ्गठन सुकेपोखरी सर्कलको साङ्गठनिक सभा सुकेपोखरीमा सम्पन्न गरियो। शिक्षक अर्जुन कुमार थापाको अध्यक्षतामा सम्पन्न सभामा सङ्गठनका मुख्य संरक्षक अनि घुम जोरबङग्लो डिग्री कलेजका प्राचार्य डाक्टर मिलन तामाङ, केन्द्रीय अध्यक्ष अनिल शर्मा, जिल्ला समिति अध्यक्ष राम तामाङ, महकुमा समितिका अध्यक्ष चन्द्र भण्डारी, गोजमुमो सुके मानेभन्ज्याङ समष्टि अध्यक्ष बुद्ध तामाङ, संयुक्त सचिव फुर्बा छिरिङ शेर्पा,  नारी मोर्चा सुके मानेभञ्ज्याङ समष्टि सभानेत्री अञ्जना डुक्पा, सचिवा सुनिता छेत्री लगायत समष्टि भित्रको चारवटा उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापकहरू उपस्थित थिए।


लभ कृष्ण प्रधानले सञ्चालन गरेको सभामा स्वागत सम्बोधन विशाल गुरूङले राखेका थिए। सभामा सङ्गठनको भावी कार्यक्रम अनि साङ्गठनिक विषयमाथि केन्द्रीय समितिका प्रतिनिधिहरुले प्रकाश पारेका थिए। सभामा सुकेपोखरी सर्कलको निम्ति नयाँ समिति गठन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *