सुकेपोखरीमा थिकुङ जनरल जीबी मेनवरिङको जन्म जयन्ती पालन

सुकेपोखरी : इण्डिजियस लेप्चा ट्राइबल एसोसिएसनको जोरबङलो सुकेपोखरी खण्ड समिति सुकियाम थुम सेजुमको पहलमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि थिकुङ जनरल जीबी मेनवरिङको जन्म जयन्ती पालन गरियो। सङ्गठनको मल्टिप्रपोज हल प्लुङदुङमा कोरोनाको प्रोटोकल पालन गर्दै सामान्य रूपमा पालन गरिएको यस कार्यक्रममा सङ्गठन प्रतिनिधिगण, मयलायङ लेप्चा डेभलपमेण्ट बोर्डका पूर्व सदस्य काल्देन लेप्चा, ब्लक लेबल प्रेसिडेन्ट दोर्जी लेप्चा, उपाध्यक्ष तामछिरिङ लेप्चा, युथ प्रेसिडेन्ट तेञ्जिङ लेप्चा आदिको उपस्थिति रहेको थियो। उल्लेखनीय छ, थिकुङ जेनरल जीबी मेनवरिङले लेप्चा जातिको एउटा पुस्तक सर्वप्रथम अङग्रेजी भाषामा अनुवाद गरेका थिए। तिनी लेप्चा जातिमा इङ्ग्लिस म्यान-को रूपमा परिचित छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *