सुकेपोखरीमा तृणमूल-द्वारा बाटोको शिलान्यास

सुकेपोखरी : राज्य सरकारको टोल समाधान (पाडाय समाधान) योजना मार्फत् सुकेपोखरीको टिफिन डाँड़ा चार माइलदेखि पाँच माइल जुनियर हाई स्कुलसम्मको बाटोको आज दार्जिलिङ हिल टिएमसी प्रवक्ता एनबी खवास, खण्ड अध्यक्ष एसके राई तथा अन्यको बाहुलीबाट शिलान्यास गरियो। स्मरण रहोस्, गत 11 देखि 27 दिसम्बरसम्म चलेको हिल टिएमसीको जन सम्पर्क अभियान अवधि विभिन्न स्थानमा रहेको आधारभूत समस्याबारे राज्य सरकारको सम्बन्धित निकाय समक्ष अनलाइन पञ्जिकरण गरिएको थियो। हिल तृणमूल नेता एनबी खवासले बताएअनुसार 15 लाख रुपियाँको लागतमा निर्माण हुने बाटोको निम्ति उक्त रकम पर्याप्त नरहेकोले गर्दा थप धन राशि अनुमोदनको निम्ति पहल गरिने बताए। तिनले मुख्यमन्त्री ममता ब्यानर्जीको दुरदर्शिताको कारण पहाड़ी क्षेत्रको विविध समस्या सामधान हुने कुरोमा विश्वास व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *