सुकेपोखरीमा उधौँली उभौँली पुजा सम्पन्न

सुकेपोखरी : किराती खम्बु राई सांस्कृतिक संस्थान घुम शाखा समितिको पहलमा सांस्कृतिक कार्यक्रमसँगै उधौँली उभौँली पुजा आज सम्पन्न गरियो। पीबी राईको अध्यक्षता एवम् सचिव दिनेश राई तथा अन्यको उपस्थितिमा माउण्टेन हिल टीएस परिसरमा उधौँली उभौँली पुजा गरियो। यस कार्यक्रममा किराती समुदायका कलाकारहरूले आफ्नो सांस्कृतिक गीत र नृत्य पनि प्रस्तुत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *