सुकेपोखरीमा भ्याक्सिन लगाउन स्वास्थ्य कर्मीहरूले आफन्तलाई प्राथमिकता दिएको आरोप

सुकेपोखरी: सुकेपोखरी खण्ड स्वास्थ्य केन्द्रमा नियमित रूपले कोभिड भ्याक्सिन लगाइने कार्य भइरहेकोले सुकेपोखरी तथा सङ्लग्न क्षेत्रका मानिसहरू यसबाट लाभान्वित बनेका छन्। तथापि कतिपय मानिसहरूले भ्याक्सिन लगाइने कार्यमा सम्बन्धित स्वास्थ्य कर्मीले आफ्नो आफन्तलाई विशेष प्राथमिकता दिने गरेको आरोप स्थानीय अमृत कालिकोटे तथा अन्यले लगाएका छन्। यसको साथै यस स्वास्थ्य केन्द्रमा 200 भन्दा अधिक भ्याक्सिन उपलब्ध रहे तापनि त्यसभन्दा  कम्ती मानिसहरूलाई मात्र भ्याक्सिनेसन गरिएको बताइको छ। अर्कोतिर, भ्याक्सिन लगाउन आएका मानिसहरूले पनि सामाजिक दुरीको प्रोटोकललाई सोझै उल्लङ्घन गरिरहेकोले यसबारे स्वास्थ्य केन्द्र प्रशासन पक्षले उचित पहल गर्नु पर्ने माग उठेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *