सुकेपोखरी मोटर चालक संघ-द्वारा सुके बजार क्षेत्रमा सेनिटाइज

सुकेपोखरी : सुकेपोखरी मोटर चालक संघ (डीएसपीएमएस)-द्वारा सुके बजार  लगायत सुके क्षेत्रस्थित सरकारी विभागीय कार्यालयहरूमा सेनिटाइज गरियो। डीएसपीएमएस-का सभापति रबिन राईको अगुवाईमा सम्पन्न गरिएको सेनिटाइजेसन कार्यक्रममा सङ्गठनका समस्त सदस्यहरूको उपस्थितिमा खण्ड विकास कार्यालय, स्टेट ब्याङक, को-अपरेटिभ ब्याङक लगायत सर्वसाधारणको भीड़भाड़ रहने ठाउँहरूमा सेनिटाइज गरियो। हाल कोभिड 19-को तेस्रो लहरको प्रकोपलाई रोक्न, वर्षाको समयमा फैलिने डेङ्गु बिमारीलाई सुके क्षेत्रमा सक्रिय हुन नदिन डीएसपीएमएसले उक्त अभियानलाई धारावाहिक रूपमा चलाउँदै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *