सुके पोख्रेबुङ क्षेत्रमा शहीद दिवस पालन

सुकेपोखरी : सुके पोख्रेबुङ क्षेत्रको कतिपय ठाउँहरूमा पनि आज शहीद दिवस पालन गरियो। यसै क्रममा पोख्रेबुङ चामोङ समष्टिले साङ्गेटारस्थित शहीद वेदीमा फुलमाला चढाउनको साथै शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै शहीद दिवस पालन गऱ्यो। यस अवसरमा शहीदहरूको आत्मा शान्तिको कामना गर्दै उपस्थित मानिसहरूले मौन धारण गरे।


गोजमुमो केन्द्रिय सहसचिव ज्योतिकुमार राई, महकुमा समितिका अरूण दियाली, समष्टि सचिव एमबी स्याङबो, युवा मोर्चा समष्टि सचिव सञ्जिव तामाङ आदिको उपस्थितिमा सम्पन्न कार्यक्रमबीच गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका साङमा चियाबारीका भिमू राई र जगबहादुर राई, सेलेम्बोङ चियाबारीका मनकुमारी आले तथा समरीपानीका राजेश गिरीका परिवारलाई सम्मान जनाइयो। शहीद दिवस कार्यक्रमलाई प्रभा बस्नेत तथा अन्यले सम्बोधन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *