सुके पोख्रेबुङ क्षेत्रका विभिन्न मन्दिरहरूमा नवरात्री पुजा शुरू

सुकेपोखरी : सुके पोख्रेबुङ क्षेत्रका विभिन्न स्थानको देवी मन्दिरहरूमा आजदेखि घट स्थापनाको साथमा नवरात्री शुरू गरियो। विशेष आश्विन शुक्ल पक्ष प्रतिपदादेखि शुरू हुने नवरात्रीमा असत्यमाथि सत्यको विजयको रूपमा माता दुर्गाको पुजा गरिने प्रचलन रहेको छ। यसै क्रममा गढ़ीदेवी मन्दिर नागरी फार्ममा पनि विगत वर्ष झैँ यस वर्ष दुर्गा पुजाको आयोजना गरिएको छ। मन्दिर सञ्चालन समिति तथा सम्पूर्ण श्रद्धालुहरूको सक्रियतामा आयोजित नौ दिन व्यापी दुर्गा पुजा समारोहमा दैनिक नगर परिक्रमा, चण्डी पाठ, मालश्री गायन, भजन कीर्तन समावेश गरिएको छ भने आगामी 25 अक्टोबर समापनको अवसरमा बली, कुमारी पुजा एवम् हवन गरिने पण्डित अम्बिका प्रसाद पौड़्यालले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *