सुके पोख्रेबुङ क्षेत्रको बौद्ध गुम्बाहरूमा बुद्ध जयन्ती साधरण रूपमा पालन

सुकेपोखरी: सुके पोख्रेबुङ क्षेत्रको बौद्ध गुम्बाहरूमा आज बुद्ध जयन्ती साधरण रूपमा पालन गरियो । कतिपय स्थानमा भने गुम्बा सञ्चालन समिति एवम् सम्बन्धित सङ्गठनको निर्णय अनुसार श्रद्धालुहरूले आ-आफ्नो घरको पूजा स्थलमा नै छिमी (दीयो) बालेर भगवान बुद्धको पूजा अर्चना गरे।


पुलुङदुङ ग्राम पञ्चायत अन्तर्गत पुलुङदुङ बस्तीको एउटा गुम्बामा यस वर्ष कोरोना महामारीलाई ध्यानमा राखेर बुद्ध जयन्ती पालन नगरिएको गुम्बाका लामाले बताए। अर्कोतिर, गुम्बा सञ्चालन समितिको निर्देशानुसार नागरी फार्म क्षेत्रका मानिसहरूले पनि आज आफ्नो घरमा नै 2565 औं बुद्ध जयन्ती पालन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *