सुके सिमानाका 150 जना विभिन्न पार्टी त्यागेर हिल तृममूलमा सामेल

दार्जिलिङ : दार्जिलिङको सुके सिमाना क्षेत्रका 150 जनाले विभिन्न पार्टी त्यागेर हिल तृममूल कांग्रेसमा सामेल भएका छन्। तृणमूल काङ्ग्रेसलाई समर्थन जनाउनेहरूमा सुकेपोखरी बजारका किशोर राई, मदन तामाङ, नव जागरण समाज, सिलगढी सेन्डिकेटका कार्यकर्ता लगायत विनयपन्थी गोर्खा जनमुक्ती मोर्चाका समर्थकहरू रहेका छन्। तिनीहरूलाई सुके खण्ड समितिले युवक संघ सार्वजनिक भवनमा हिल तृणमूल खण्ड अध्यक्ष एसके राईको अध्यक्षतामा सभा आयोजना गरेर पार्टीमा सामेल गराइयो। उक्त समर्थन सभामा हिल तृकं दार्जीलिङ महकुमा समिति संयोजक एनबी खवास उपस्थित रहेर पार्टीको उद्देश्य र जनताको प्रमुख चाहनाबारे अवगत गराए। तिनले दलको सिद्धान्त बारे प्रकाश पार्दै व्यवहारिक राजनीति गरेर पहाड़लाई बलियो बनाउन पार्टीको प्रमुख उद्धेश्य रहेको बताए। जनताले दैनिक भोगेर आएको समस्याको समधान गर्नु नै दलको उद्धेश्य रहेको साँचो एवं तथ्यपरक कुरोलाई बुझेर नै आज सुके खण्ड मात्र नभएर पहाड़का जनताले टिएमसीलाई समर्थन जनाइरहेको संयोजक खवासले दावी गरे। यस अवधि सुके मानेभञ्ज्याङ समष्टी समिति विस्तारको क्रममा एडेन शेर्पालाई अध्यक्ष, उर्गेन शेर्पा मुल सचिव अनि पञ्चायत प्रतिनिधिको रूपमा मदन तामाङ, अतेन्द्र सुब्बा अनि रमेश राईलाई चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *